९ आश्विन २०८१, बुधबार
,
Latest
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपले मृत्यु हुनेको संख्या ढाँटेको हो !



अ+ अ-

जनसंख्याको दृष्टिले बेल्जियममा कोरोनाबाट भएको मानिसको मृत्युदर विश्वमै सबैभन्दा बढी छ । तर, त्यहाँको सरकारले मृत्युको तथ्यांक सार्वजनिक गर्ने सवालमा आफूहरू पारदर्शी भएको र तथ्यांक नलुकाएको भन्दै अन्य युरोपली मुलुकले सार्वजनिक गरेको तथ्यांकप्रति औँलो ठड्याएको छ । एक करोड १६ लाख जनसंख्या भएको बेल्जियममा शनिबारसम्म कोरोनाबाट पाँच हजार एक सय ६३ जनाको मृत्यु भएको छ । त्यस्तै, ३६ हजार एक सय ६३ जना संक्रमित छन् । अस्पतालबाहिर विशेषगरी केयर होम र घरमा मृत्यु भएका मानिसको तथ्यांक सार्वजनिक गरिएको, तर अन्य देशमा यस्तो तथ्यांक लुकाइएको उसले दाबी गर्दै आएको छ ।

सरकारका अनुसार कुल मृतकको संख्यामध्ये केयर होम र घरमा आधाको मृत्यु भएको थियो । बेल्जियमको भनाइसँगै अन्य देशले मृतकको संख्या लुकाएको हुन सक्ने सम्भावनामा अझै बल पुगेको अमेरिकाको वालस्ट्रिट जर्नलले जनाएको छ । बेल्जियमको संघीय स्वास्थ्य सेवाका अनुसार सरकारले सार्वजनिक गरेको तथ्यांकमध्ये ४९ प्रतिशत संख्या अस्पतालमा मृत्यु भएकाहरूको हो । बाँकी ४९ प्रतिशतको केयर होममा मृत्यु भएको थियो भने झन्डै १ प्रतिशतको घर वा अन्य स्थानमा ज्यान गएको थियो । केयर होममा मृत्यु भएकामध्ये ९४ प्रतिशतको कोरोनाको उपचार भएको थिएन तथापि उनीहरूमा शंकास्पद लक्षण देखिएको थियो ।

यस अर्थमा युरोपका अन्य देशहरूले जस्तै गणना गरेको भए बेल्जियममा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या अहिले आधिकारिक रूपमा सार्वजनिक गरिएभन्दा आधा मात्र हुने वालस्ट्रिटले जनाएको छ । ‘युरोपमा हामीले जस्तो अन्य देशले गणना गरेका छैनन् । हामीले बृहत् रूपमा मृतकको तथ्यांक सार्वजनिक गरेका छौँ,’ बेल्जियमका स्वास्थ्यमन्त्री म्यागी डी ब्लकले भने । फ्रान्स, स्पेन, इटाली र युकेका स्वास्थ्य अधिकारीहरूले केयर होममा मृत्यु हुने मानिसको संख्याबारे बेवास्ता गरेको र ती देशले महामारीलाई गोप्य राख्न खोजेको विज्ञहरूले बताइरहेका वेला बेल्जियमको पछिल्लो धारणा सार्वजनिक भएको हो ।

बेलायतमा कोरोनाबाट घरमै चार हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ र यो संख्यालाई सरकारले सार्वजनिक गरेको कुल तथ्यांकमा समावेश गरिएको छैन । बेलायतमा शुक्रबारसम्म १४ हजार पाँच सय ७६ को मृत्यु भइसकेको छ भने एक लाख नौ हजार संक्रमित छन्।एक महिनाअघि इटालीको बर्गामो सहरका मेयरले पनि केयर होममा कोरोनाबाट मृत्यु हुने मानिसको तथ्यांक सरकारले सार्वजनिक नगरेको गुनासो गरेका थिए । बर्गामो इटालीमा कोरोनाको केन्द्रबिन्दु बनेको छ । ‘केयर होम र घरमा पनि कोरोनाबाट मृत्यु हुनेको संख्या उल्लेख्य छ । तर, सरकारले सार्वजनिक गरेको तथ्यांकमा ती स्थानमा मृत्यु हुने मानिस समावेश छैनन्,’ मेयर जर्जिओ गोरीले भने ।

अप्रिलको सुरुसम्म फ्रान्सले पनि आफूले सार्वजनिक गरेको मृतकको तथ्यांकमा केयर होममा मृत्यु हुने व्यक्तिको नाम समावेश गरेको थिएन । तर, अप्रिल ३ मा पहिलोपटक उसले सार्वजनिक गरेको तथ्यांकमा केयर होममा एक हजार चार सय १६ थप मृत्यु भएको उल्लेख छ । तर, एकतिहाइ केयर होमले तथ्यांक उपलब्ध नगराएको सरकारले बताएको थियो । यसैबीच, स्पेनमा क्षेत्रीय सरकारले भाइरसबाट ८ मार्चदेखि ८ अप्रिलसम्म मृत्यु भएको कुल संख्याको ५७ प्रतिशत केयर होममा भएको गार्जियनले जनाएको छ । नयाँ पत्रिका दैनिक