९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघ्यो



अ+ अ-

विश्वभर २३ लाख भन्दा बढी संक्रमित

काठमाडौ । विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ६० हजार नाघेको छ ।संक्रमित हुनेको संख्या २३ लाख २९ हजार भन्दा बढी पुगेको छ। कोरानोले अमेरिकामा मृत्यु हुनेको संख्या ३९ हजार नाघेको छ। अमेरिकामा विगत २४ घण्टामा १ हजार आठ सय ८६ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमितको संख्या ७ लाख ३७ हजार ६ सय ९७ छ।

त्यहाँ एकै दिन २८ हजार भन्दा बढी विरामी फेला परेको वल्डोमिटरले जनाएको छ। अमेरिकामा सबै भन्दा बढी न्युयोर्कमा १७ हजार ६ सय ८१ जनाको ज्यान गएको छ। २ लाख ४१ हजार संक्रमित छन्।

अमेरिका पछि सबै भन्दा बढी इटालीमा २३ हजार २ सय २२ जनाको मृत्यु भएको छ। त्यस्तै स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ। फ्रान्समा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ हजार भन्दा बढी छ। त्यस्तै बेलायतमा १६ हजार बढी मानिसले ज्यान गुमाइसकेका छन्। कोरोना भाइरस संक्रमण भएर पनी उपचार पछि ५ लाख ९६ हजार मानिस ठिक भइसकेका छन्।