५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्चारमन्त्री खरेललाई नेपाल पत्रकार महासंघका महासचिवका प्रश्नै–प्रश्न



अ+ अ-

काठमाडौं । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रश्नै–प्रश्न गरेका छन् ।

खरेलले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै महासंघका महासचिव दाहालले सामाजिक सञ्जालमार्फत् पत्रकार, आगजनी र तोडफोडमा सञ्चार गृह, सञ्चार उपकरण र सवारी साधन लुटिएको वा आगजनी गरिएका विषयमा के गर्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

त्यसैगरी श्रमजीवी पत्रकारको नियमित पारिश्रमिक, दशैं खर्च, लोककल्याणकारी विद्यालयलगायतका विषयमा पनि प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–

मित्र पत्रकार मन्त्री Jagdish Kharel लाई बधाई । अचाक्ली खुसीसंगै मेरो प्रश्न:

१. जेनजी आन्दोलनमा गोली खाएका र कर्म गर्दागर्दै घाईते भएका पत्रकार, आगजनी र तोडफोडमा परेका संचार गृह, संचार उपकरण र सवारी साधन लुटिएका वा आगजनी गरिएका सन्दर्भमा के गर्नुहुुन्छ ?

२. देशका सबै श्रमजीवी पत्रकारले नियमित पारिश्रमिक, बक्यौता र दशै खर्च पाउँछन् ? नदिने संचार गृहलाई के गर्नुहुन्छ ?

३. मिडियाले सरकारबाट पाउने भुक्तानी दशैं अगावै दिलाउनु हुन्छ ? लोक कल्याणकारी विज्ञापन अब अनलाइन, रेडियोले पनि पाउँछन्?

४..अबरुद्ध मौलिक हक खोलेर अनलाइन दर्ता, नवीकरण र संचालनको वातावरण कहिले बन्छ?

५. प्रेस काउन्सिलले अनलाइन बन्द र पत्रकार पक्राउ गर्न लेख्ने पत्र अब लेखिन्न ?

६. युटुव संचालनको व्यवस्था गर्नुहुन्छ ?

७. आर्थिक रूपमा जर्जर संचार क्षेत्रका लागि के गर्नुहुन्छ ?

८.पत्रकारको न्युनतम पारिश्रमिक नबढेको आठ वर्ष भयो, बढाउन र कार्यान्वयन गराउन सक्नुहुन्छ ? साथै पत्रकारलाई अनिवार्य सामाजिक सुरक्षा कोषमा आबद्द गराउन के गर्नुहुन्छ ?

९. प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने ध्येयले ल्याइएका र ल्याउन लागिएका नीति के गर्नुहुन्छ ?

१०. नागरिकको सूूचना र अभिव्यक्ति स्वतन्त्रता थप फराकिलो बनाउन सक्नुहुन्छ ?

जवाफको प्रतिक्षामा !!!