४ असार २०८३, बिहीबार
,
Latest
श्रम मन्त्रालयद्वारा ‘फ्रन्टलाइन’ अस्पतालको अनुगमन प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैँ सुरु भएसँगै अन्तरराष्ट्रिय उडानमा चाप बढ्यो



अ+ अ-

काठमाडौँ। बडादसैँ सुरु भएसँगै मुलुकको हवाई उडानमा चाप बढेको छ । विशेषगरी अन्तरराष्ट्रिय उडानमा चाप भएपनि आन्तरिकतर्फ भने सामान्य रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले जनाएको छ । दसैँमा काठमाडौँबाट विभिन्न गन्तव्यमा जाने हवाइ यात्रुको सङ्ख्या उल्लेख्य रहेको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार अहिले विदेशबाट नेपाल आउने हवाई यात्रुको सङ्ख्या वृद्धि भइरहेको छ । केही विदेशी वायुसेवा कम्पनीले उडान थपेका छन् । कतिपय एयरलाइन्सले चार्टर्ड उडान पनि गरिरहेका छन् । “अन्तरराष्ट्रियतर्फ आवागमन बढ्दो क्रममा छ ।

आन्तरिकमा साविक बमोजिम सामान्य छ”, प्रवक्ता शेर्पाले भन्नुभयो, “अबको विजया दशमीको दिनसम्म आन्तरिकतर्फ पनि उडान बढ्ने सम्भावना छ ।”

प्रवक्ता शेर्पाका अनुसार शनिबार अन्तरराष्ट्रियतर्फ १०६ उडान भएका छन् । जसमा ५४ आगमन भए भने ५२ वटा प्रस्थान भए । यी उडानबाट आठ हजार २९ यात्रु नेपाल आएका छन् ।  आन्तरिकतर्फ २२२ उडान भएका छन् । यसमध्ये काठमाडौँबाट बाहिरिने यात्रुको सङ्ख्या ६ हजार ८७५ रहेको छभने भित्रिनेको सङ्ख्या चार हजार ६५ रहेको छ ।

आइतबार अन्तरराष्ट्रियतर्फ ५५ उडानमार्फत आठ हजार ५०० यात्रु भित्रिएका छन् । छ हजार ८०० यात्रु बाहिरिएका छन् । आन्तरिकमा कूल २२९ उडानमार्फत सात हजार ८८७ र पाँच हजार ५०५ यात्रु काठमाडौँ भित्रिएका छन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर दैनिक ३०० भन्दाबढी उडान हुन्छ । यसमध्ये आन्तरिकतर्फ २५० बढी र अन्तरराष्ट्रियमा दैनिक १०० हाराहारी उडान हुन्छ । विमानस्थल बिहान ६ बजेदेखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ ।

आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् । रासस