• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा ★   सत्संगको क्रममा भागदौड, ५० बढीको मृत्यु ★   दिनेश कार्तिक आरसीबीको ब्याटिङ कोच र मेन्टरमा नियुक्त

दक्षिण अफ्रिकाको संसदमा फेरि आगलागी



केपटाउन । आगलागीले पूर्णरुपमा नष्ट भएको दक्षिण अफ्रिकाको मुख्य संसद्मा आगो सोमबार पुनः आगलागी भएको अधिकारीहरुले बताएका छन् । एक सय ३० वर्ष पुरानो भवनहरुको पुनर्निर्माण सुरु भएको ३६ घण्टामा पुनः आगो लागेको हो । 

“आगो र उद्धार दलले संसद् भवनमा आगो लागेको पुष्टि गर्दछन्, राष्ट्रियसभाको छतको जस्तापाता तल खाली भएको स्थानमा आगो सल्किएको छ”, शहरको दमकल सेवाका प्रवक्ताले सोमबार दिउँसो भने। घटनास्थलमा करिब ५० फायर फाइटरहरू आगो निभाउने क्रममा रहेको बताइएको छ ।

आइतबारको आगलागीका कारण राष्ट्रियसभाको तल्लो सदन न्यू विङको छाना ध्वस्त भएको छ । ओल्ड विंगको छत, जुन सन् १८८४ मा बनेको थियो । माथिल्लो सदन नेसनल काउन्सिल अफ प्रोभिन्सेस (एनसीओपी) को घर पनि आंशिकरूपमा भत्किएको थियो ।

राष्ट्रिय सभाकोभित्री भाग पूर्णरूपमा चिन्न नसकिने अवस्थामा छ । आगोले नष्ट गर्न सक्ने सबै नष्ट भएको छ । प्रहरीले ४९ वर्षीय पुरुषलाई आगजनी र चोरीलगायत अन्य कसुरमा मुद्दा दायर गरेको छ र उनी मङ्गलबार अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ।

राष्ट्रियसभाका सभामुखले ती व्यक्तिले आगजनी गरेको पुष्टि भएमा देशको लोकतन्त्रमाथि प्रहार हुने बताउनुभयो । “यो एकदमै असामान्य प्रकारको अवस्था हो”, सभामुख नोसिभिवे मापिसा–नकाकुलाले भन्नुभयो, “सानो बच्चाले पनि सोध्ने प्रश्न यो हो, यो कसरी सम्भव छ जुन आगो पुरानो सभाको केही भागबाट नयाँ कोठामा पुग्छ ? हामीलाई थाहा छैन”।

यसअघि सोमबार आगोको ज्वाला फेरि बल्झनुअघि केही स्रोत मात्रै बाँकी रहेकाले घटनास्थलमा दमकलको सङ्ख्या ७० बाट एक दर्जनमा झरेको थियो ।