१३ असार २०८३, शनिबार
,
Latest
नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम भूकम्प प्रभावित भेनेजुएलाको उद्धारका लागि स्पेनद्वारा ५४ सदस्यीय आपत्कालीन टोली परिचालन झल्किँदो धरहरा, रमाउँदै पर्यटक-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्क्रमित निको भएकामा प्रधानमन्त्री खुशी



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल कोरोना भाइरसमुक्त भइ अस्पतालबाट घर फर्किनुभएकामा उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले गएराति ट्विट गर्दै दम र उच्च रक्तचापबाट पीडित भएपनि बेजोडको आत्मविश्वासका कारण उहाँसँग कोरोना समेत पराजित भएको उल्लेख गर्नुभएको छ । प्रधानमन्त्री ओलीले पौडेलको दीर्घायुको कामना गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले शनिबार नै काठमाडौँमा उपचाररत नेपालको दोस्रो सङ्क्रमित प्रसिद्धी श्रेष्ठ निको भएर घर फर्कनुभएकामा पनि खुशी व्यक्त गर्नुभएको थियो ।