१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जडिबुटीका दुईटा पुलमा स्थानीयको शिलवन्दी, प्रहरी प्रशासन मौन



अ+ अ-

काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ३२ जडिबुटी र नरेफाँट तथा मध्यपुर थिमी नगरपालिकाको मनोहरावस्ती जोड्ने पक्कि निलो पुल र बेलिब्रिजमा मनोहरावस्तीका वासिन्दाले गैरकानूनीरुपमा आफ्नो साइडतर्फ फलामको पाइप नै वेल्डिंग गरीगत तीन दिनदेखि सवारी आवागमन बन्द गरेका छन् ।

त्यति मात्रै नभई मनोहरा फाँटबाट मनोहरा तरकारी वजार जडिबुटीमा आउनको लागि बनाएको बनाएको फलामे ट्रस्ट पुल पनि तरकारी बजार जडिबुटी साइडबाट वन्द गरिएको छ । नरेफाँटबाट सिधै इमाडोलतर्फ जान मनोहरा खोलामा बनाइएको बाँसको अस्थायी पुल पनि भत्काइएको छ ।

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) का कारण आफ्नो वस्तीलाई सुरक्षित राख्ने भन्दै स्थानीय मनोहरावस्तीका वासिन्दाले पक्कि पुल बन्द गराएका हुन ।

स्थानीयले कानुन आफ्नो हातमा लिँदै मनोहरावस्तीका यी दुईवटा पक्की पुल फलामे पाइप राखेर पक्कि तवरमै वेल्डिङ्ग गरेर बन्द गरिँदा भक्तपुरको महानगरीय प्रहरी वृत्त थिमी र काठमाडौतर्फको नयाँबानेश्वर वृत्तका प्रमुखहरुले मौन सर्मथन गरेको सर्वसाधारण आक्रोश व्यक्त गर्छन ।

पुल बन्द गरिएपछि सवारी आवागमनमा कमी भएपछि दुवै साइडका प्रहरी भने दंग देखिन्छन । यसले अनावश्यक हिँडडुलमा कमी भएको दुवैतर्फका प्रहरी दावी गर्छन ।

३ दिनदेखि पक्कि पुल बन्द गरेर सर्वसाधारणले दुख पाएपछि तीनैवटा जिल्लाको शान्तिसुरक्षा हेर्ने र कानून कार्यान्वयन गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीलाई जानकारी गराउँदा पनि त्यसमा कुनै सुनुवाई भएको छैन ।

दुईवटा पक्कि पुल फलामे बार लगाएर सवारी आवागमन बन्द गरिएपछि तिनै मनोहरावस्ती, लौहकिल्थली, इमाडोल, टिकाथलीका सवारी साधन भएका वासिन्दालाई भित्री छोटो बाटो हुादै आवत जावतको लागि अरनिको राजमार्गको मुख्य सडकमै पुग्नुपर्छ या ललितपुरको ग्वार्को चोक हुँदै भित्र छिनुपर्छ ।

वालकुमारी चोकबाट इमाडोल हुँदै टिकाथली र मनोहरावस्तीमा जाने मुख्य बाटोमा पर्ने एउटा खोलामा पक्कि पुल बनाउन लागेको हुनाले सो बाटोमा पैदलयात्रीमात्रै हिँडन सक्छन भने सवारी साधन आवतजावत बन्द छ ।

कोरोना संक्रमणबाट जोगिन भनेर कुनै पनि स्थानीय टोलवासी, टोल सुधार समिति या स्थानीय निकायले त्यसरी सार्वजनिक पुलमा फलामको पाइप वेल्डिंग गरेर सवारी आवागमन बन्द गर्न उनीहरुलाई कुन कानुनले दियो ?सर्वसाधारणको चासो छ ।

उनीहरु भन्छन—‘यतिखेर जडिबुटी या पारी मनोहरा वस्तीमा आगलागी, अपराधिक घटना या कोहि विरामी पर्यो भने दमकल, प्रहरी र एम्बुलेन्स कसरी पुग्न सक्छ ?’