१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउन जारि भएको २७ औं दिन, संक्रमितको संख्या ३१ पुग्यो



अ+ अ-

काठमाडौं । कोरोनाको संक्रमण रोक्न सरकारले चैत्र ११ गते लकडाउन घोसणा गरे यता दैनिक जीवन र सामाजिक क्रियाकलाप ठप्प छ । यो बन्दाबन्दिको अवस्थामा भने अत्यावश्यक काम र सेवा भने रोकिएको छैन ।

आज (आइतबार) बिहान हाम्रा सम्बाददाता काठमाडौँका केहि क्षेत्रमा पुग्दा नागरिकहरुले बन्दाबन्दिको पालना गरेको पाइएको छ । केहि स्थानहरुमा सर्वसाधारण अत्यावश्यक सामग्री खरिद गर्न घर नजिकको पसलमा पुगेको देखिन्थ्यो । यस्तै काठमाडौँ महानगरपालिकाले नगर सफाइको कामलाई निरन्तरता दिइरहेको थियो । सुरक्षा निकायका अधिकारीहरु सुरक्षा चेकजाँच गर्न लकडाउन पालना गराउन सडकका चोकहरुमा खटिएका थिए ।

यस्तै अत्यावश्यक सेवाका सवारी साधन भने सहजै गुडिरहेका थिए । यस्तै विभिन्न चोकहरुमा घुम्दै नेपाल प्रहरिको मोबाइल भ्यानले सर्वसाधारणलाई माइकिङ्ग गरेर घरमा बसेर सावधानी अपनाउन आग्रह गरिरहेको थियो । नेपाल सरकारले बैशाख ३ गते सम्मको लकडाउन बन्दाबन्दिको समय बढाएर १५ गते सम्म पुर्याएको छ । नेपालमा अहिले संक्रमित हुनेको संख्या ३१ जना पुगेको छ ।

साथै स्वास्थ्य मन्त्रालयले शनिवार अपरान्ह पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार अहिलेसम्म पिसिआर विधिबाट ८ हजार १७ जनाको कोरोना परीक्षण गरेको बताएको छ । साथै नेपालका ७७ वटा जिल्लामा र्यापिड डाइग्नोष्टिक विधिबाट परीक्षण सुरु गरिएको जनाएको छ । देशभरी ४ हजार ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ५ र बाहिर १ सय १२ गरी १ सय १७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।