१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरले थाल्यो आरडिटी परीक्षण



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले विदेशबाट आएका नागरिकहरुको यापिड टेष्ट थालेको छ ।

विभिन्न मुलुकबाट आएर महानगरपालिका भित्र बसोबास गरिरहेका नागरिकहरुको यापिड टेष्ट थालिएको हो । आइतबार कालिमाटीमा वडा नम्बर १२, १३ र १४ मा बसोबास गरिरहेका नागरिकहरुको परीक्षण गरिएको महानगरपालिकाले जनाएको छ । विदेशबाट आएका व्यक्ति भन्ने वित्तिकै त्रास फैलिरहेको त्रासलाई परीक्षणले कम गर्ने मेयर विद्यासुन्दर शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशबाट आएका नागरिक भन्ने वित्तिकै डर फैलिएको छ । उनीहरुले पनि आफु ठिक छु भन्न सक्छन् र अरुलाई पनि बेठिक हुन दिन्न भन्न सकिने हुनाले परीक्षण सुरु गरिएको हो ।’ मेयर शक्यले विदेशबाट आएका नागरिकहरुलाई परीक्षण गराएर सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।

आइतबार नै महानगरको वडा नम्बर २६ र १६ मा परीक्षण गरिनेछ । विदेशबाट आएका नागरिकहरुले आफ्नो पायक पर्ने वडामा गएर परीक्षण गर्न सक्नेछन् । विश्व महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण नेपालमा विदेशबाट आएका नागरिकमा नै देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले २९ जना कोरोना पोजेटिभ देखिएका व्यक्ति उपचाररत रहेका छन् । २ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।