काठमाडौं । देशका विभिन्न क्षेत्रमा ग्यास उद्येग सञ्चालनका लागि अनुमती लिएका ५० वटा ग्यास उद्योगको अनुमतिपत्र खारेज गरेको छ। नेपाल आयाल निगम लिमिटेडले अनुमति लिएर उद्योग निमार्ण नगरेपछि अनुमति पत्र खारेज गरिएको हो।
अनुमति लिएका ५३ उद्योगमध्ये सैपाल ग्यास उद्योग, सगरमाथा ग्यास इन्डष्ट्रिज र सिता ग्यास उद्यागले मात्र उद्योग निर्माण गरेका थिए। यी उद्योगहरूले २०७१ पछि सञ्चालन अनुमति लिएका थिए।