२८ भाद्र २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकीको मलामी जाँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव भेटियो



अ+ अ-

टिकापुर । छिमेकीको मलामी जाँदा बेपत्ता भएका युवकको दुई दिनपछि शव फेला परेको छ। शुक्रबार ४ बजे टिकापुर नगरपालिका १ का ३० वर्षीय बादल ठकुल्ला छिमेकीले आत्महत्या गरेपछि मलामी गएका थिए।

प्रहरीका अनुसार उनी नुहाउने क्रममा कर्णाली नदीको सनकट्टी घाटमा डुबेपछि बेपत्ता भएका थिए । ठकुल्ला डुबेको स्थानबाट करिब ८ किलोमिटर टाढा शव भेटिएको हो।