१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आमा बितेको ६ दिनपछि खुल्यो वासुदेवका लागि जन्मभूमीको ढोका



अ+ अ-

धनगढी । भारतको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारन्टाइनमै कोरामा बसेका दार्चुलाका वासुदेव भट्टका लागि ६ दिनपछि जन्मभूमीको ढोका खुलेको छ। घरमा आमाको निधन भए पनि लकडाउनका बेला सीमा बन्द हुँदा उनी भारतीय भूमिमै रोकिएका थिए।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले आमा बितेको ६ दिनपछि आज भट्टलाई नेपाल प्रवेश गर्न दिईएको बताए।

उनका अनुसार भारतीय पक्षले सीमा सम्म पुगाएपछि उनलाई दार्चुला ल्याएर घर सम्म पुगाउने तयारी भईरहेको बताए। स्थानीय प्रशासन र भारतीय सुरक्षाअधिकारीको समन्वयमा दत्तुस्थित झोलुंगे पुलमा लगाएको ताला खोली उनलाई नेपाल प्रवेश गर्न दिईएको हो ।