२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सद्भावमाथि खलल पुर्याउने काम नगरौँ : मुस्लिम आयोग



अ+ अ-

काठमाडौं । मस्जिद र मदरसामा जमातीहरु लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ ।

आइतबार मुस्लिम आयोगको कार्यालय भएको सर्वपक्षिय छलफलले कुनैपनि मस्जिद र मदरसाहरुमा जमाती लुकेर नबसेको निष्कर्ष निकालेको हो । आयोगका अध्यक्ष समिम मिया अन्सारीले नेपालको सद्भावमाथि खलल पुर्याउने तत्वहरुले सामाजिक सञ्जालमा जमातीहरु लुकेर बसेको आरोप लगाएको बताउनुभयो । यसअघि नै कुन ठाउँमा कति जमाती रहेका छन् भन्ने कुराको जानकारी गृह मन्त्रालय र प्रत्येक जिल्ला प्रशासन कार्यालयहरुमा दिइएको पनि उहाँले बताउनुभयो ।

आयोगको सर्वपक्षिय छलफलले मस्जिद र मदरसा रहेका जिल्लामा अनुगमन गर्न प्रतिनिधिमण्डल बनाउने निर्णय पनि गरेको छ । प्रतिनिधिमण्डलले मदरसा र मस्जिद रहेका जिल्लामा हुने अनुगमनमा प्रहरी र जिल्ला प्रशासन कार्यालयहरुलाई सहयोग गर्ने उहाँले बताउनुभयो । मुलुक कोभिड-१९ संक्रमणको जोखिमसँग लडिरहेका बेला विभिन्न इस्यु बनाएर जातिय द्वन्द फैलाउने काम भएको प्रति आयोगले आपत्ति समेत व्यक्त गरेको छ । उदयपुर र पर्साको मस्जिदमा रहेका जमातीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि मुस्लिम समुदायका व्यक्तिहरु कोरोना भाइरस फैलाउन उद्त रहेको आरोप लाग्दै आएको थियो ।