४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार



अ+ अ-

पर्सा। पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् ।

गत भदौ २४ गते रातको समयमा बाल सुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । पर्साको बाल सुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बाल सुधारगृहबाट भागेकामध्ये ५० जना किशोर अझैसम्म पनि फरार रहेको जानकारी दिनुभयो ।

“भदौ २४ गते राति बाल सुधारगृहबाट भागेकामध्ये ५० जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन्”, उहाँले भन्नुभयो, “उनीहरुको अभिभावकसँग कुराकानी भएर खोजी तीव्र पारिरहेका छौँ ।”

बाल सुधारगृह तोडफोड गरेर भाग्ने बेला सुधारगृहमा कूल १४२ जना रहेका थिए । तीमध्ये अहिले सुधारगृहमा ९० जना र भागेकामध्ये दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय एक जना बालबिज्याइँ गरेर थप भएका छन् । “भदौ २४ को घटनापछि फरार रहेका १७ जनालाई पक्राउ गरिसकेका छौँ । अन्य पनि छिट्टै आउने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।रासस