५ श्रावण २०८३, मंगलवार
,
Latest
गड्यौला मलले बदलिँदै तुलसीपुरका किसानको दैनिकी, बढ्दै प्राङ्गारिक खेतीको आकर्षण आइएमईद्वारा बीवाईडी एट्टो १ ईभी विजेतालाई पुरस्कार हस्तान्तरण साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच सहकार्य एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन कीर्तिपुरमा आगलागी भएको गाडीबाट पुरुषको शव बरामद वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव वैदेशिक रोजगारका ४० हजारभन्दा बढी पुराना फाइल डिजिटलाइज गरिँदैः ठगी शुन्यमा झार्ने श्रममन्त्रीको उद्घोष
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा संविधानको खारेजी र गणतन्त्र समाप्त पार्ने तत्वहरु क्रियाशील छन्ः प्रदीप ज्ञवाली



अ+ अ-

नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकमा निर्वाचन हुन नदिने खेलमा केही शक्तिहरु लागि परेको बताउनुभएको छ ।

प्रगतिशील लेखक संघ, नेपालले आईतवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकमा व्यवस्था विरोधी तत्वहरुले संविधान र गणतन्त्र दुवैलाई समाप्त पार्नका लागि चुनाव हुन नदिने षड्यन्त्र गरिरहेको बताउनुभएको हो ।

तोकिएको समयमा नै निर्वाचन भए संविधान र गणतन्त्र दुवै मास्ने लक्ष्य पूरा नहुने भएकाले पनि उनीहरुले मुलुकलाई रिक्ततातर्फ धकेल्न पनि निर्वाचन हुने नदिने उपमहासचिव ज्ञवालीको तर्क थियो । उहाँले राष्ट्रपति रामचन्द्र पौडेलको अडानको कारणमात्रै मुलुक दुर्घटना हुनबाट बचेको पनि बताउनु भयो । उपमहासचिव ज्ञवालीले जेनजी अभियन्ताहरु रनभुलमा परेको उल्लेख गर्दै मुलुकमा अरु शक्तिहरुले चलखेल गरिरहेको बताउनु भयो ।

हाँले भन्नुभयो, ‘यी सबै कुराको अन्तर्यमा संविधान खारेजी, गणतन्त्रको समाप्तीको कुरा छ । म यस मानेमा धन्यवाद दिन चाहन्छु कि सम्माननीय राष्ट्रपतिज्यूलाई कि उहाँले केही केही अडान लिनु भएको हुनाले त्यसै दिन हुने कतिपय दुर्घटनाहरु बचेको पनि छ । तर अगाडिका दिनहरु कसरी जान्छन ? भन्न सकिदैन । फागुनमा चुनाव भयो भने के फरक पर्ला । ल काँग्रेस आधा होला, अहिले ८९ सिट छ । ४५ मा झर्ला । एमाले आधा होला । ८० सिट छ । ४० मा आउँला । अनि एस केही आउला, माओवादी आउला । अरु केही आउलान । पार्लियामेन्ट रहने वित्तिकै त संविधान त बाँच्यो । अहिले ट्रयाकमा आएको छ स्थिति । जजस्ले दुई तिहाई ल्याएर संविधानका आधारभूत पिलरहरु त्यो त समाप्त पारौं ।’

‘सय, सवा सय सिट संख्या संविधानका पक्षधर शक्तिहरुले कायम गर्न सके भने त स्वभाविक छ फेरी ट्रयाकमा आउँछ । यति हो त साथीहरुले खोजेको ? जो जो छन, यी सबै कुराहरुको पछाडि अव म जेनजी भन्दिन । किनभने उहाँहरु निर्णायक ठाउँमा नै हुनुहुन्न । अहिले सिनमा देखिएका साथीहरुले अभिव्यक्तिहरु हेर्नुस्त । उहाँहरु रनभूलमा पर्नु भएको छ । कहाँबाट उहाँहरुले सुरु गर्नु भयो । स्थिति कहाँबाट कहाँ पुग्यो ? उनीहरु यहाँ रोकिन चाहदैनन । या त यस्तो चुनाव गर्ने अघि नै भनेजस्तो सम्पूर्ण अहिलेका राजनीतिक दलहरुलाई किनारा लगाएर चुनाव गर्न त सम्भव होला जस्तो लाग्दैन । कोशिस त्यो नाममा पनि होला । त्यो भयो भने बेग्लै कुरा हो । मेरो विचारमा यस्तो स्थिति सृजना गर्ने कोशिस हुनेछ, जहाँ चुनाव हुन नसकोस । एउटा रिक्तता सृजना होस । वर्तमान प्रधानमन्त्रीले चुनाव गराउन सकिन भनेर हटन बाध्य बनाइयोस । एउटा भ्याकुम खडा गरेर त्यही भित्र खेल्न सकियोस । यो दिशामा लैजाने प्रयत्नहरु आगामी दिनहरुमा हुनेनै छन ।’

उपमहासचिव ज्ञवालीले राजनीतिक दलहरुलाई पेलेर निर्वाचन गराउन प्रयास भएपनि त्यो भने सम्भव नहुने बताउनु भयो ।