२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनोगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने काम भयो : स्वास्थ्य मन्त्रालय



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टिकरण नसोधिएको बताएको छ ।

मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले डा. पुनलाई स्पष्टिकरण नसोधिएको बताउनुभयो । मन्त्रालयले डा. पुनलाई पठाइको पत्रमा स्पष्टिकरण सोधिएको भनि प्रकाशन÷प्रशारण भएका समाचार सत्य नभएको उहाँको भनाई छ । ’अस्पतालको काममा बाधा नपर्नेगरी कोभिड–१९ मा मन्त्रालयले सञ्चालन गरेको अभियानमा सहयोग पुर्याउन उपस्थित हुन’ भनेर पत्राचार गरिएको सहसचिव विष्टले बताउनुभयो ।

स्वास्थ्थ मन्त्रालयमा मन्त्री भानुभक्त ढकाल, सल्लाहकार डा .खेम कार्की र डा शेरबहादुुर पुन

सञ्चारमाध्यममा सत्यतथ्य नबुझि समाचार प्रकाशित गरिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण भएको सहसचिव विष्टले बताउनुभयो । सहसचिव विष्टले विना प्रमाण समाचार बनाउने र मन्त्रीको चरित्र हत्या गर्ने काम सञ्चारमाध्यमहरुबाट भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘प्रमुख मेडिकल अधिकृत पुनले समेत आफुले पत्र नपाएको भनि मिडियालाई बताउनुभएको सन्दर्भमा मिडियाहरुले वहाँको भनाइनै खण्डन हुने गरी मन्त्रालयले पठाएको पत्रमा उहाँलाई स्पस्टिकरण सोधेको भनी कपोकल्पित समाचार प्रसारण, प्रकाशन गर्नु खेदपुर्ण छ ।’

मनोगणन्ते हेडलाइनका समाचार बनाएर मन्त्रीको चरित्रहत्या गर्ने र कोभिड-१९ रोकथाम, नियन्त्रण उपचारमा खटिने टिमको ध्यान भंग गरी जनतामा नैरस्यता छर्ने काम भएको सहसचिव विष्टको भनाई छ ।