२३ आश्विन २०८१, बुधबार
,
Latest
आज आश्विन शुक्ल सप्तमी : दशैं घरसहित घरघरमा फूलपाती भित्र्याइँदै दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउनका कारण २६ दिनदेखी जंगलमै बास



अ+ अ-

सोम शर्मा (बजगाईं), भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले निर्माण गरेको ट्रेकिङ्ग ट्रयालको काम गर्न आएका १८ श्रमिक मजदुर २६ दिनदेखी जंगलमै बास बस्न बाध्य भएका छन् । नगरपालिकाले पर्यटकिय गन्तव्यका रुपमा चाँगुनारायण नगरपालिका ७ र ८ नं. वडामा निर्माण गरिरहेको पर्यटक ट्रेकिङ्ग ट्रयालमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण सो क्षेत्रको जंगलमै अलपत्र परेपछि जंगलमै बास बस्न बाध्य भएका हुन् ।

नगरपालिकाले ४ करोडको लागतमा निर्माण गरेको मुहानपोखरीदेखी नगरकोटको महादेवस्थानसम्म निर्माण गरिरहेको ४ किमि टेकिङ्ग ट्रयायल निर्माणकै क्रममा लकडाउन भएपछि अछाम, रुकुम, जाजरकोट, सिन्धुलीलगायतका जिल्लाका १८ जना मजदुरहरु जंगलमा समय बिताउन बाध्य भएका हुन् ।

उनीहरुलाई नगरपालिकाले राहतका रुपमा खाद्यान्न सामग्री उपलब्ध गराएपनि जंगलमै कष्टकर जीवन विताउन बाध्य हुनुपरेको मजदुरहरुको गुनासो छ । उनीहरुले लकडाउनको समयमा सरकारले घर जान सक्ने वातावरण सिर्जना गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् ।

यता चाँगुनारायण नगरपालिकाका नगर प्रमुख सोम प्रसाद मिश्रले भने उनीहरुलाई क्वारेन्टाइनमा राखिएको बताउनुभएको छ ।