काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई सिंहदरबार प्रवेश गराईएको छ ।
आइतबार प्रवेशको पास नदिएको भन्दै सिंहदरबार गेटमा धर्ना दिएपछि उनीहरूलाई भित्र पुर्याइएको हो ।
उनीहरुलाई प्रहरीको गाडीबाट गृह मन्त्रालयमा लगिएको छ । उनीहरुले गृहमन्त्री ओम प्रकाश अर्यालसँग भेट्ने र आफ्नो गुनासो राख्ने तयारी गरेका छन् ।









