१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट विश्वभर एक लाख ६१ हजारको मृत्यु, २३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर एक लाख ६१ हजार ९०४ जनाको मृत्यु भएको छ भने यसको करिव दुई तिहाई अर्थात् एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ ।

युरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।