२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट विश्वभर एक लाख ६१ हजारको मृत्यु, २३ लाख ५० हजारभन्दा बढी सङ्क्रमित



अ+ अ-

काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणका कारण आइतबारसम्म विश्वभर एक लाख ६१ हजार ९०४ व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएका मध्ये झण्डै दुई तिहाई सङ्ख्या यूरोपको रहेको विभिन्न देशका स्वास्थ्य तथा गृह मन्त्रालयहरूले एएफपीलाई उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।

विश्वभर एक लाख ६१ हजार ९०४ जनाको मृत्यु भएको छ भने यसको करिव दुई तिहाई अर्थात् एक लाख ७९४ जनाको यूरोपमा मृत्यु भएको छ ।

युरोपमा कोरोनाभाइरस सङ्क्रमण १० लाख ७९ हजार ६५० जनामा देखिएको छ । यस भाइरसको सङ्क्रमणबाट बढी प्रभावित यूरोपेली मुलुकहरूमा इटली, स्पेन, फ्रान्स, बेलायत र जर्मनीलगायत रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमणका कारण संयुक्त राज्य अमेरिकामा ३९ हजार ६८ जनाको मृत्यु भएको छ भने इटलीमा २३ हजार २२७ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २० हजार ४५३, फ्रान्समा १९ हजार ३२३ र बेलायतमा १५ हजार ४६४ जनाको सङ्क्रमणका कारण आइतबारसम्म मृत्यु भएको छ ।