१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको लोकसभा सचिवालयमा सोमबारदेखि काम थालिने



अ+ अ-

नयाँदिल्ली । भारतको लोकसभा सचिवालयले आगामी सोमबारदेखि काम शुरु गर्ने जनाएको छ ।

कोरोनाभाइरसको सङ्क्रमणका कारण गत मार्चको अन्तिम हप्तादेखि काम गर्न नसकेको सचिवालयले आगामी सोमबारदेखि काम गर्ने भएको हो ।

भारतको लोकसभा र राज्यसभा गत मार्च २४ देखि बन्द अवस्थामा रहेका छन् । लोकसभा सचिवालयले जारी गरेको सूचना अनुसार सचिवालयका सहसचिव वा सोेभन्दा माथिका कर्मचारीहरुले सोमबारदेखि कार्यालयमै आएर काम गर्न थाल्ने छन् ।

अन्य कर्मचारीहरु पनि पालोपालो गरेर कार्यालयमा हाजिर भएर काम गर्ने सचिवालयले जानकारी दिएको छ ।

कार्यालयमा काम गर्दा सामाजिक दूरी कायम गर्नु पर्ने लगायतका आधारभूत स्वास्थ्य सतर्कतालाई भने ध्यान दिइने सचिवालयले जनाएको छ ।

कार्यालयका फाइलहरु विद्युतीय माध्यमबाट मात्रै आदानप्रदान गर्ने व्यवस्था पनि गरिने भएको छ ।