९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँबाट सर्यो कोरोना ?



अ+ अ-

उदयपुरका १३ संक्रमित

काठमाडौं । सरकार र प्रहरीलाई अहिले कोरोना रोकथामका लागि यही प्रश्न टाउको दुखाईको विषय बनेको छ । वीरगञ्जमा भेटिएका ३ सहित १६ जनालाई कोरोना कहाँबाट स¥यो भनेर खोज्न निक्कै प्रयास गरेपनि पत्ता लगाउन सकेको छैन । कोरोना संक्रमितका अनुसार उनिहरु मंसिर २५ गते भारतको जोगबनी नाका हुँदै वीराटनगरबाट नेपाल प्रवेश गरेका हुन् । उनिहरुबाट प्रहरीले ट्रेनको टिकट समेत फेला पारेको थियो । मोरङबाट उनिहरु सुनसरी, सप्तरी र उदयपुरमा रहेको मस्जिदमा पुगेका हुन् । सप्तरीबाट तीन जना भने वीरगञ्जतर्फ लागेका थिए । संक्रमित भारतीय नागरिक नेपाल प्रवेश गरेपछि ११ वटा मस्जिदमा बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीको पछिल्लो अनुसन्धानमा मंसिर २५ गते बुधबार जोगबनी नाका हुँदै नेपाल भित्रिएका उनीहरु त्यसदिन रानीस्थित मस्जिदमा बसेका थिए ।

पुष १५ गतेसम्म रानीमै बसेका उनीहरु त्यसपछि मोरङको सिधिया खोला र भलुवाईस्थित मस्जिद गए । त्यहाँ ७ दिन बसेर उनीहरु सुनसरीको दुहबीस्थित मस्जिदमा ३ दिन बसेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । त्यहाँबाट छितहास्थित मस्जिदमा २० दिन बसेपछि सुनसरीकै भोक्राहा गए र त्यहाँ उनीहरु ७ दिन बसेर भाण्टाबारीस्थित मस्जिद पुगे । ८ दिन त्यही बसेका उनीहरु त्यहाँबाट सप्तरीको बरमझियामा ७ दिन बसेको प्रहरीले स्रोतले बतायो । त्यहाँबाट सप्तरीकै वसन्तपुरस्थित चर्खिया मस्जिदमा १० दिन बसेर फत्तेपुरतर्फ पुगेका थिए । फत्तेपुरमा उनीहरु ३ दिन बसेको भेटिएको छ । त्यहाँबाट फागुन २५ गते उदयपुरतर्फ लागेका उनीहरु सिवाहीमा १ साता र त्यसपछि भुल्केमा ३५ दिन बसेको भेटिएको छ ।

संक्रमित भारतीयहरु दिल्ली र उत्तरप्रदेशका बासिन्दा रहेको अनुसन्धानबाट खलेको छ । ११ वटा मस्जिदमा बस्दा उनीहरुले थुप्रै मानिससँग घुलमिल गरेको भन्दै मस्जिदमा रहेका सबैको स्वास्थ्य जाँच गर्ने तयारी भइरहेको छ । कोरोना संक्रमित ११ भारतीय र २ नेपालीको कोसी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई उदयपुरको भुल्केस्थित मस्जिदबाट शुक्रबार नियन्त्रणमा लिएर कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको थियो । संक्रमितलाई समेत कहाँबाट कोरोना स¥यो भन्ने एकिन छैन । उनिहरुले दिएको बयानमा आफुहरु नेपाल आएबाट भारततर्फ नगएको बताएका छन् ।

तर, उच्च सुरक्षास्रोतले दिएको जानकारी अनुसार उनिहरु मध्ये कोही नयाँ दिल्लीमा भएको तबलगी जमातीमा सहभागी भएको वा त्यहाबाट सहभागी भएर आएका संक्रमितको सम्पर्कमा पुगेको अनुमान गरेको छ । यद्यपी यसविषयलाई पुष्टि गर्ने आधार नभेटिदा अनुसन्धान फितलो देखिएको छ । प्रहरीले १३ जनाको सम्पर्कमा आएकाहरूलाई कोभिड–१९ परीक्षणका लागि सम्पर्क गर्न अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय, मोरङले संक्रमित भारतीय नागरिक २६ मंसिरमा भारतबाट नेपाल आएको बुझिएको भन्दै संक्रमणको जोखिममा रहने सम्भावना भएकोले उनीहरूलाई परीक्षणको लागि प्रहरीमा सम्पर्क गर्न भनिएको हो ।

मोरङ प्रहरी प्रवक्ता, डीएसपी मानबहादुर राईका अनुसार उनीहरूको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक्ट ट्रेसिङ’को लागि अहिले सुरक्षा संयन्त्र परिचालन भएको छ । संक्रमित भेटिएका उदयपुर त्रियुगा नगरपालिका–३ का अध्यक्ष अवधेशकुमार चौधरीले चैतको दोस्रो साता उनीहरू उदयपुर आएको र आफूले १२ चैतमा स्थानीय प्रशासनलाई नाम नामेसीसहित जानकारी गराएको बताएका छन् ।

यसैबीच, प्रदेश १ सरकारले संक्रमितसँग सम्पर्कमा आएकाको खोजी जारी राखेको छ । संक्रमित १३ मध्ये ११ भारतीय र २ नेपाली नागरिक रहेको प्रदेश मुख्यमन्त्री कार्यालयले जनाएको छ । कार्यालयले एक विज्ञप्ति जारी गर्दै अहिले संक्रमितको कन्ट्याक ट्रेसिङको काम भइरहेको जनाएको छ । उनीहरुको उपचारको लागि प्रदेश सरकारले तयार गरेको कोशी अस्पतालको कोभिड—१९ उपचार केन्द्रमा राखिएको छ । उनीहरु सबैको अवस्था सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । सौर्य दैनिक