२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनता समस्यामा परेका बेला प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ : डा.महत



अ+ अ-


काठमााडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीजस्तो व्यक्ति जनताका समस्याका बारेमा बेखबर हुनु लाजमर्दाे भएको भन्दै उहाँको अभिव्यक्तिले आफूलाई निकै दुःखी बनाएको बताएका छन् । प्रधानमन्त्रीले बैशाख ७ गते सरकारी संचारमाध्यममार्फत सार्वजनिक अभिव्यक्तिमा जनता रातिराति सडकमा हिँडेको कुरा पत्रकारले कसरी थाहा पाए भनेर प्रश्न गरेका थिए ।


यसै विषयमा आज आफ्नो फेसबुकमा प्रतिक्रिया दिँदै सहमहामन्त्री डा.महतले भनेका छन्- देशमा लकडाउनको महिना दिन पुग्नलाग्दा श्रमिक तथा विपन्न बर्गका नागरिकहरु आफ्ना लालाबाला च्यापेर राजधानी तथा मुलुकका कतिपय सहरहरुबाट गाउँघर फर्किँदै गरेका दृश्य सामाजिक सञ्जालदेखि मिडियामा आइरहेको अवस्थामा प्रधानमन्त्रीले आफैलाई थाहा नभएको, सम्बन्धित जिल्लाका सिडिओलाई समेत थाहा नभएको अवस्थामा पत्रकारले कसरी थाहा पाए भनेर अभिव्यक्ति दिनु गैरविम्मेवारीपनको पराकाष्ठा हो भनेका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिका केही अंशले वर्तमान सरकार र प्रधानमन्त्री जनताले भोगेका चरम कष्टप्रति कति असंवेदनशिल र बेखर छ भन्ने प्रष्ट गर्दछ उनले भनेका छन् । डा.महतको भनाई छ- हजारौंको संख्यामा गाँसबासको समस्याले पीडित नागरिकहरु कयौं दिन लगाएर हिँडेरै घर जान बाध्य भएको परिस्थिति समेत सरकारी संयन्त्रलाई थाहै नहुनु गैर जिम्मेवारीको पराकाष्ठा हो।

त्यसमाथि जनताले भोगेका समस्यालाई संचारमाध्यमहरुले सरकारको ध्यानाकर्षण गराउदा समस्या समाधानतर्फ उन्मुख हुनुको साटो सो सम्बन्धि समाचार रहस्यमय ठान्नुजत्तिको आपत्तिजनक काम केही होइन उनको भनाई छ । यसले सरकारको सूचना प्रविधिमाथिको अविश्वास र प्रेस स्वतन्त्रता माथिको नियन्त्रणमात्र देखाउने उनको भनाई छ ।


स्वास्थ सामग्रीको खरिदका बिषयमा समेत प्रधानमन्त्रीले छानबिन गरी दोषीमाथि कारबाहीको प्रक्रिया आगाडी बढाउने प्रतिबद्धता जनाउनुको सट्टा उल्टै यस्तो कार्यको बचाउमा लाग्नुले अर्काे बिडम्बना थपेको उनको भनाई छ । देश महामारीको त्रासमा रहेका बेला सर्वसाधारण तथा सबै नागरिकलाई सहयोग एवं सहुलियत दिनु त कता हो कता स्वयं प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरु एकपछि अर्काे गर्दै आपत्तिजनक रुपमा बाहिर आइरहनुले परिस्थितिलाई झनै रहस्यमय त बनाएकै छ, यो सरकार पनि नागरिकका समस्यामा कति असंवेदनशील छ भन्ने कुरा स्पष्टै देखाएको सहमहामन्त्री डा.महतको भनाई छ ।