२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको छानविन गरी दोषिलाई कारबाही गर्नुपर्छः नेता गैरे



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का नेता ठाकुर गैरेले जेन–जी आन्दोलनका नाममा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामाथि भएको आक्रमणको सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गरिनुपर्ने बताउनुभएको छ ।

पार्टी केन्द्रय कार्यालय च्यासलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । लोकतान्त्रिक प्रणालीमा राजनीतिक दल नै मुल आधार भएको उल्लेख गर्दै उहाँले  दलहरुले आफ्ना कमजोरी सच्याउँदै देशलाई बलियो लोकतन्त्रको दिशामा लैजानुपर्नेमा जोड दिनुभयो । राजनीतिक दलहरुले आत्ममूल्याङ्कन गर्दै सुदृढ भएर जनतामाझ जानुपर्ने आजको आवश्यकता रहेको उहाँको भनाइ छ । उहाँले जेन—जी पुस्ताका मागहरु सम्बोधन गर्नको लागि जेन—जीका अगुवाहरुलाई पार्टी कार्यालयमा बोलाएर आवश्यक छलफल गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जेनजी पुस्ताको आन्दोलनको नाममा जसरी कार्यपालिका, व्यवस्थापिका र कार्यपालिकामाथि हमला भयो, धावा बोलियो र देशलाई नै तहसनहस बनाउने काम भयो यो प्रति दुःख व्यक्त गर्न चाहन्छु ।  यो घटनाको बारेमा निष्पक्ष छानविन गरेर त्यसमा रहेका दोषिहरुलाई कडाभन्दा कडा कारबाही गर्ने र देशले न्याय पाउने परिस्थिति निर्माण होस् भन्ने म अपेक्षा पनि गर्दछु । लोकतान्त्रिक शासन प्रणालीमा दलहरु नै मुख्य कुरा हो र यी सबै जनताका मुद्दाहरुको नेतृत्व गर्ने र ज नतामार्फत निर्वाचित भएर आएकाहरुले  देशको नेतृत्व गर्ने हाम्रो प्रणाली हो ।

यसको लागि नेकपा एमाले र अन्य दलहरुले गम्भीरतापूर्वक समिक्षा गरेर दलहरुमा कुनै कमि रहेको छ भने सच्याएर जाने प्रतिवद्धता गर्ने, राज्य प्रणालीको  तर्फबाट भएका कमिको पहिचान गरेर दोहोरिन नदिने र देशको सर्वोपरी हितको लागि सबे प्रतिवद्ध भएर भो लिको दिनमा हामी लोकतन्त्रलाई  फेरि हामी बलियो बनाउन चाहन्छौं । जेनजी पुस्ताका मागका सम्बन्धमा जेन—जीका  प्रतिनिधिहरुलाई पार्टी कार्यालयमा बोलाएर उहाँहरुको कुरा सुन्ने  र जेन—जी पुस्ताका मागहरुलाई सम्बोधन गरेर अगाडि बढ्ने प्रतिवद्धता गर्ने आवश्यकता आजको दिनमा देखापरेको छ ।’

उहाँले लोकतन्त्रलाई बलियो बनाउन सबै दल र राज्य संयन्त्र प्रतिवद्ध हुनुपर्नेमा जोड दिनुभयो ।