२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा यसकारण कोरोनाको जोखिम



अ+ अ-

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ । सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुने लगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरुको भिडभाड देखियो । तरकारी बाजारमा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए ।

सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरुले तरकारी किनिरहेका थिए । बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छैन् । यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको देखिदैन् । केही व्यक्तिहरुले मास्क र पञ्जा भने लगाएको देखिन्छ । अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भिडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

यस्तै काठमाडौंको भृकुटीमण्डप स्थित टुकुचा बजारमा पनि तरकारी खरिद गर्नेको भिडभाड छ । यो अस्थायी बजार भने होइन् । सरकारले करिब दुई साता अघि कालिमाटी तरकारी बजारमा भिडभाड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो । यसबाहेक पनि व्यापारीहरुले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी विक्री गर्न राखेका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौंको संख्यामा भिड लाग्ने गरेको छ भने यसबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।