१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा यसकारण कोरोनाको जोखिम



अ+ अ-

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बाजरमा उपभोक्ताहरुको भिड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।

सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जना भन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न तरकारी बजारमा सयौंको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ । सोमबार बिहान काठमाडौंको पुरानो बसपार्क, लैनचौर, टुकुचा, तीनकुने लगायतका ठाउँमा रहेका तरकारी बजार पुग्दा मानिसहरुको भिडभाड देखियो । तरकारी बाजारमा झुण्डझुण्डमा मानिसहरुले तरकारी किनिरहेका थिए ।

सामाजिक दुरी कायम गर्ने विषयलाई बेवास्ता गर्दै मानिसहरुले तरकारी किनिरहेका थिए । बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि गरिएको छैन् । यस्तै स्यानिटाइजरको प्रयोग पनि भएको देखिदैन् । केही व्यक्तिहरुले मास्क र पञ्जा भने लगाएको देखिन्छ । अस्थायी बजारको रुपमा रहेका यस्ता तरकारी बजारमा उपभोक्ताको भिडभाड अस्वभाविक बढेकाले कोरोना संक्रमणको जोखिम बढाएको छ ।

यस्तै काठमाडौंको भृकुटीमण्डप स्थित टुकुचा बजारमा पनि तरकारी खरिद गर्नेको भिडभाड छ । यो अस्थायी बजार भने होइन् । सरकारले करिब दुई साता अघि कालिमाटी तरकारी बजारमा भिडभाड बढेको भन्दै उपत्यकाका विभिन्न ११ स्थानमा अस्थायी तरकारी बजार सञ्चालनमा ल्याएको थियो । यसबाहेक पनि व्यापारीहरुले उपत्यकाका कतिपय चोकमा सडकमै तरकारी विक्री गर्न राखेका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा सयौंको संख्यामा भिड लाग्ने गरेको छ भने यसबाट कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।