१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले दियो यस्तो सजाय



अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा कोभिड–१९ संक्रमणबाट सुरक्षित रहन लगाइएको बन्दाबन्दी उल्लंघन गर्नेलाई डेढघण्टा सडकमा उभ्याइने गरेको छ । अर्को डेढघण्टा कोरोना भाइरस संक्रमणविरुद्ध जानकारी गराई सम्झाइबुझाई छाडिने गरेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो ।

जिल्लामा हालसम्म लकडाउन उल्लंघन गर्नेलाई तीन हजार ३६९ जनालाई कारबाही गरिनाका साथै २४६ सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै ४७ मोटरबाइक र एउटा यात्रु बसलाई कारबाहीसमेत गरिएको छ । त्यस्तेै तीन बलेरो जीपका चालकलाई बिनाअनुमति यात्रु ओसारपसार गरेको पाइएपछि अभद्र व्यवहार गरेको अभियोगमा मुद्दा चलाइएको छ । गत चैतभित्र भारतलगायत विभिन्न देशबाट घर फर्केका ३६३ जनाको विवरण सङ्कलन भइसकेको र अन्य पनि संकलन भइरहेको प्रहरीले जनाएको छ ।