१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडकमा पैसा झार्दै हिँडेको आशंकामा पक्राउ परेका महिला रिहा



अ+ अ-

धनुषा । सडकमा पैसा फालेर भागेका दुई महिला रिहा भएकी छन् । आइतबार साँझ जिल्ला प्रहरी कार्यालय धनुषाले उनिहरुलाई कुनै पनि हालतमा घरबाहिर ननिस्किने सर्तमा रिहा गरेको हो ।

शुक्रबार दिउँसोतिर जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ महावीर चोकको बीच सडकमा दुबै महिला १०/१० रुपैयाँको नोट फालेर भागेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले तत्काल उक्त नोट उठाएर उक्त स्थानलाई स्यानिटाइज गरेको थियो।

शनिबार दिउँसो उनीहरूलाई जानकी मन्दिर नजिक रहेको मस्जिद नजिकबाट नियन्त्रणमा लिई र्यापिड टेस्ट गरिएको थियो। र्यापिड टेस्ट गर्दा दुईमध्ये एक जना महिलामा पोजेटिभ देखिएको थियो पछि पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो ।