५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनायो



अ+ अ-

काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ ।

असोज ३ गते नेपालमा संविधान दिवस मनाइन्छ । २०७२ सालको असोज ३ मा संविधान जारी भएसँगै हालसम्म असोज ३ गतेलाई संविधान दिवसको रुपमा मनाउने गरिएको छ ।

तर मधेसवादी राजनीतिक दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने काठमाडौंमा शिरमा कालोपट्टी बाँधेर विरोध जनाएको हो । मधेसीहरुमाथि गोली हानेर संविधान जारी गरिएकाले कालो दिवसको रुपमा मनाएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका नेता केशव भmाले बताउनु भयो । अब संविधान संशोधन मात्रैले नपुग्ने भन्दै संविधान पुनःलेखन गर्नुपर्ने माग गर्नुभयो । संविधान अपुरो रहेसम्म आन्दोलन जारी रहने बताउनु भयो ।

उनीहरुले असोज ३ कालो दिन, ब्ल्याक डे लगायतका प्लेकार्ड बोकेर संविधानको विरोध गरेका हुन् ।