१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक दूरी कायम हुने गरी संसद बैठक कक्ष तयार गर्न अध्यक्षद्वारा निर्देशन



अ+ अ-

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बानेश्वरस्थित संघीय संसद भवनको बैठक कक्षको निरीक्षण गर्नुभएको छ। उहाँले सोमबार संघीय संसदको संयुक्त बैठक कक्ष र राष्ट्रिय सभाको बैठक कक्षको निरीक्षण गर्दै सामाजिक दूरी कायम हुनेगरी बैठक कक्षको तयारी पार्न निर्देशन दिनुभयो।

अध्यक्ष तिमिल्सिनाले हलमा सामाजिक दूरी कामय गर्न तीन कुर्सीको बीचको कुर्सी खाली राखेर सांसदहरुलाई बस्नेगरी व्यवस्थापन मिलाउन सचिवालयलाई निर्देशन दिनुभएको हो।

उहाँले बजेट अधिवेशन आह्वान भएको अवस्थामा बैठक बस्नका लागि पूर्ण तयारीमा रहन भन्दै सचिवालयलाई भन्नुभयो, ‘सामाजिक दूरी कायम हुनेगरी बैठक गर्नका लागि प्रत्येक सांसदलाई मास्क, स्यानिटाइजर र सम्भव भएसम्म स्क्यानिङ मेसिनमै स्यानिटाइज हुने व्यवस्था गर्नु।’