२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना परीक्षणको दायरा तीब्र रुपमा विस्तार गर्नुपर्छ : सभापति देउवा



file photo
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण परीक्षण तीब्र रुपमा विस्तार गर्नुपर्ने आग्रह गरेका छन् । आइतबार एक अपिल जारी गर्दै सभापति देउवाले परीक्षणको दायरा समुदायस्तरमा विस्तार गर्न आग्रह गरेका छन् ।

देउवाले कुनै पनि ब्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढंगले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुने पनि बताएका छन् ।

‘आजको चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि म हार्दिक अपील गर्दछु’ देउवाले अपिलमा भनेका छन्‍, ‘सबैको साथ र सबैको विश्वासले नै आजको संकटबाट पार तर्न सकिने यथार्थ पनि म स्मरण गर्न र गराउन चाहन्छु ।’