१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी पास लिनेको भिड अझै रोकिएन



अ+ अ-

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम मोलेरै भएपनि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पास लिनेहरुको भिड अझै रोकिएको छैन् ।

सरकारले भिडभाड बढेसँगै अत्यावस्यक कामका लागि अनलाइनबाटै इ–पास लिने व्यवस्था गरेको थियो । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले पारिवारीक मृत्यु संस्कारका लागि बाहेक अन्य कामका लागि पास वितरण नगर्ने बताएपछि अहिले कार्यालयमै आएर पास माग गर्नेहरुको संख्या बढेको हो । जसले गर्दा जिल्ला प्रशासन कार्यालय अगाडि भिडभाड हुन गई कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ । सोमबार दिउसो पनि प्रशासन कार्यालय अगाडि यस्तै भिडभाड देखिएको छ । पास लिन आउनेहरु पनि मृत्यु संस्कारका लागि पास मागेका भने होइनन् । कोही काठमाडौंमा खानेकुरा सकिएपछि घरजान पास माग्ने श्रमिकहरु छन भने कोही कार्यालय प्रयोजनाका लागि पास माग्नेहरु छन् । यस्तै अत्यावस्यक कामका लागि घर जानुपर्ने भन्दै पास लिन आउनेहरु पनि छन् ।

लकडाउन सुरु भएसँगै सरकारले अत्यावस्यक कामका लागि पास दिने व्यवस्था गरेको थियो । पास वितरण गर्दा लकडाउन उलङ्घन हुने र न्यूनतम सामाजिक दूरी कायम गराउन कठिन भएपछि अनलाइनबाटै इ–पास लिने व्यवस्था गृह मन्त्रालयले गरेको थियो । तर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मृत्यु संस्कारको काममा लागि बाहेक अन्य कामका लागि इ–पास नदिने बताएपछि अहिले कार्यालयमै आएर पास माग्नेहरुको भिड बढेको हो । यसबाट लकडाउन उलङ्घन मात्र भएको छैन कोरोना भाइरसको संक्रमणको जोखिम समेत बढेको छ । लकडाउन भनेको औषधि उपचार, खाद्यवस्तु खरिद लागतयका अत्यावश्यक कामका लागि बाहेक कुनैपनि व्यक्तिलाई घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेश हो । तर जिल्ला प्रशासन कार्यालयले पास वितरणमा अस्पस्ट नीति लिएपछि अहिले फेरी कार्यालय अगाडि भिड लाग्ने गरेको छ । जसबाट कोरोना भाइरस संक्रमणको जोखिम झनै बढेको छ ।