१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर साढे ३३ हजार भन्दा बढी कोरोना भाइरसको परीक्षण



अ+ अ-

काठमाडाडौं । सरकारले सोमबारसम्म देशभरी साढे ३३ हजार भन्दा बढी कोरोना भाइरस (कोभिड-१९) को परीक्षण गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबारसम्म स्वाव परीक्षण (पिसिआर) र र्यापिड डाइग्नोष्टिक (आरडिटी) विधिबाट ३३ हजार ५ सय ६२ नमुना परीक्षण भएको प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । पिसिआर विधिबाट पछिल्लो २४ घण्टामा ३ सय २४ गरी ८ हजार ४ सय १४ नमुना परीक्षण गरिएको उहाँले बताउनुभयो । यस्तै आरडिटी विधिबाट पछिल्लो २४ घण्टामा ३ हजार १९ गरी २५ हजार १ सय ४८ नमुना परीक्षण गरिएको छ । सोमबार नयाँ संक्रमित देखिएका छैनन् । अहिले देशका विभिन्न अस्पतालमा २७ जना उपचाररत रहेका छन् । ४ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

उदयपुरमा पिसिआर परीक्षणका लागि १ सय ५२ जनाको नमुना संकलन गरिएको छ । उनीहरुको नमुना राष्ट्रिय प्रयोग प्रयोशाला टेकुमा पठाइएको प्रवक्ता डा. देवकोटाले बताउनुभयो ।

सरकारले प्रदेशअनुसार परीक्षण गरिएको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदुरपश्चिम प्रदेशमा आरडिटी विधिबाट सबैभन्दा बढी परीक्षण भएका छन् । सुदूरपश्चिममा सोमबारसम्म ५ हजार ५ सय ७८ जनाको नमुना परीक्षण भएको छ । यसैगरी बाग्मती प्रदेशमा ४ हजार ६ सय ७६ नमुना परीक्षण भएका छन् । गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१, प्रदेश नम्बर १ मा २ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा २ हजार ३ सय २४, प्रदेश नम्बर २ मा ३ हजार २ सय ३८ र कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ जनाको नमुना परीक्षण गरिएको छ ।

अहिले देशभरी ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । उपत्यकामा ४ र उपत्यका बाहिर १ सय ७ सहित १ सय ११ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले कोरोना सम्बन्धि जिज्ञासा सुन्न निःशुल्क हट लाइन नम्बरहरु सञ्चालनमा लिएका छन् । गण्डकी प्रदेश सरकारलाई १०९२ र सुदूरपश्चिम प्रदेश सरकारलाई ११४८ नम्बरमा निःशुल्क कल गरेर जिज्ञासा राख्न सकिने छन् ।