५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतस्थित नेपाली राजदुतावासमा मनाइयो संविधान दिवस



अ+ अ-

काठमाडौँ । भारतको राजधानी दिल्लीस्थित नेपाली राजदुतावासमा संविधान दिवस मनाइएको छ ।

संविधान दिवसको अवसरमा भारतका लागि नेपाली राजदुत डा. शंकर शर्माले राजदुतावास प्राङ्गणमा राष्ट्रिय भण्डा फहराउनुभएको थियो ।

समारोहमा संक्षिप्त बोल्दै राजदुत शर्माले देश विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई संविधान दिवसको शुभकामना व्यक्त गर्नुका साथै नेपालमा हालै भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरुप्रती श्रद्धाञ्जली व्यक्त गर्नुभयो । उहाँले अन्तरिम सरकार र त्यसपछि बन्ने सरकारहरुले नेपाली जनताको हित हुने नेपाललाई आर्थिक रुपमा सबल बनाउने गरी काम गरोस् भन्ने शुभकामना पनि दिनुभयो ।

समारोहमा दिल्लीस्थित नेपाली राजदूतावासका सम्पूर्ण अधिकारीहरुको उपस्थिति रहेको थियो ।