९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको छ ।

भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले ओमिक्रोनको उच्च जोखिममा कञ्चनपुर रहेको बताउनुभयो ।“ दिल्लीमा सङ्क्रमण बढिरहँदा अरु भन्दा हामी बढी जोखिममा छौं ।” उहाँले भन्नुभयो,“त्यसैले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध गड्डाचौकी नाकामै मिलाएका छौं ।”उहाँले कोरोना परीक्षणसँगै क्षयरोग र मलेरिया जाँचसमेत नाकामै हुने गरेको बताउनुभयो ।“ सोमबार मात्रै नाकामा चारजना भारतबाट फर्किनेमा कोरोना देखियो ।” उहाँले भन्नुभयो,“ सङ्क्रमितलाई महाकाली प्रादेशिक अस्पतालमा राखेर नमूना परीक्षण गर्न काठमाडौँ पठाएका छौं ।”उहाँले एन्जिेटन विधिबाट कोरोना देखिएकाको स्याम्पल नमूना सङ्कलन गरेर ओमिक्रोनबारे पत्ता लगाउन काठमाडाँै बढाउने गरेको बताउनुभयो ।

“ ओमिक्रोन कोरोनाकै एउटा प्रजाती र नेपालमा आगामी माघ दोस्रो सातायता आउन सक्ने प्रक्षेपण पनि गरिएको छ ।” उहाँले भन्नुभयो–“ नाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टरको प्रबन्धका लागि सरोकारवाला निकायसित समन्वय गरिरहेका छौं ।”उहाँले विगतको भन्दा थप सवल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटिसकेको जानकारी दिनुभयो ।उहाँले खुल्ला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा समस्या रहेको बताउनुभयो ।“ अवैध नाकाबाट भारतबाट मान्छे आउन नदिनु नै चुनौतीको विषय छ ।” उहाँले भन्नुभयो–“ गड्डाचौकी नाकाबाट आउनेमध्येमा कोरोना देखिएकै छ ।”

स्वास्थ्य कार्यालयले जिल्लामै ओमिक्रोन परीक्षण जिल्लामै गर्ने तयारी गरिएको बताउनुभयो ।“ पिसिआर ल्याबबाट ओमिक्रोन पत्ता लगाउन सकिन्छ ।” उहाँले भन्नुभयो,“त्यसका लागि छुट्टै एन्जिेटन र केमिकल चाहिन्छ ।” त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई बढाउने तयारी गरिएको बताउनुभयो ।

“यहाँका जिल्लामा ४५ देखि ६० प्रतिशतसम्म खोपमा प्रगति भएको छ ।” जोशीले भन्नुभयो–“९० प्रतिशतसम्म खोप लगाउने लक्ष्यका साथ अघि बढ्दै छौं ।”उहाँले प्रदेशसित भेरोसेल, फाइजरलगायतका खोप मौज्दात रहेको बताउनुभयो । “सिमानामा हेल्थ डेस्कमार्फत परीक्षणदेखि खोप अभियानसम्म निरन्तर नै छ ।” उहाँले भन्नुभयो–“ भारतमा सङ्क्रमण देखिएका सहरहरुसित दूरीका हिसाबले हामी नजिक भएकाले उच्च सर्तकता अपनाउन आवश्यक छ ।”

इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले आज बिहान मात्रै भारतबाट स्वदेश फर्किन लागेका ८ जनामा नाकामा परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।“अलि पहिलेसम्म सातामा एक–दुई जनामा यहाँ सङ्क्रमण देखिन्थ्यो ।” उहाँले भन्नुभयो–“ तर हिजोआज सङ्क्रमण दर बढ्न थालेको देखियो ।” रासस