१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० डिआइजीको पदस्थापन



अ+ अ-

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पदस्थापन र केहीको सरूवा गरेको छ । सोमबार गरिएको १० पदस्थापनमध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । पदस्थापनअनुसार प्रदेश– १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन् । त्यस्तै, प्रदेश–५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदी रहेका छन् ।

यसैगरी, सिआइबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ । थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए । विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ । यसअघि कार्की प्रदेश २ को डिआइजीमा थिए । त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ । प्रहरी तालिम केन्द्रको जिम्मेवारी प्रकाशजंग कार्कीलाई दिइएको छ भने अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ ।

७ बैशाखमा मन्त्रीस्तरको निर्णयबाट बढुवा भएका १० र कार्यरत रहेका दुई डीआईजीको सरुवा तथा पदस्थापन भएको हो । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले बढुवा भएका उनीहरूलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दज्र्यानी चिन्ह लगाइ दिएका थिए । सौर्य दैनिक