२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पश्चिमी वायु सक्रियहुँदा ५ प्रदेशमा वर्षा



अ+ अ-

काठमाडौं । पश्चिमी वायु सक्रिय भएका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा मेघ गर्जन र हुरीबताससहित पानी परिरहेको छ।

स्थानीय वायु र पश्चिमी वायुको प्रवाभले प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा सोमबार बिहानैदेखि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविदका अनुसार यो क्रम अझै केहि समय चल्ने छ । बादल अहिले उत्तर पूर्वतिर सरिरहेकाले पूर्वतिर पनि चट्याङ, हुरीबतास र असिना पर्न सक्ने भएकाले सावधानी अपनाउन पर्ने मौसमविदको सुझाव छ ।