५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा अन्तर्गतका समिति सभापतिहरुसँग छलफल गर्नुभएको छ ।

अध्यक्ष दाहालले बिहीवार छलफल गर्नुभएको विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले जानकारी दिनुभयो । अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री सुशिला कार्कीसँग भेट गर्नुभएको कुरा जानकारी गराउनुभएको उहाँले बताउनु भयो । उहाँले राष्ट्रिय सभा अन्तर्गतका समितिहरुले गर्ने काम नियमित रुपमा गर्न निर्देशन दिएको पनि जानकारी दिनुभयो । समितिले जेनएनजी आन्दोलनमा भएका क्षति, घाईते, चाडपर्वमा हुने मंहगी लगायतको अनुगमन गर्ने पनि बताउनु भयो । प्रतिनिधि सभा नभएको बेलामा राष्ट्रिय सभाले सरकारलाई सहयोग तथा समन्वय गर्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सभा स्थायी सदन भएकोले समितिको नियमित कामहरु जुन छन् । जस्तो वार्षिक प्रतिवेदनका कुराहरु छ, समिक्षाका कुराहरु छन् । त्यसपछि हाम्रो कार्यक्षेत्र अन्तर्गत चाहीँ अहिले भएको जुन एउटा चाहीँ संरचनाहरको ध्वस्त भएका, व्यक्तिगत घरहरु ध्वस्त भएकको छ, त्यो चाहीँ सरकारलाई तथ्यगत तथ्याङ्कहरु के हुन्छ ? जुन जेनजी पुस्ताहरु जुन आन्दोलनमा परेका छन्, उनीहरुलाई राहतको कुराहरु, क्षतिपूर्तीका कुराहरु, औषधि उपचारका कुराहरु, तीन सय भन्दा बढी चाहीँ अस्पतालमा भर्ना भएका छन् । उहाँहरुलाई चाहीँ अलिकति अनुगमन गर्ने सरकारलाई निर्देश गर्ने । त्यो उपचार गर्ने कुराहरुमा, राहत दिने कुराहरुका क्षतिपूर्ती दिने कुराहरुमा र अर्को भौतिक संरचनाको चाहीँ तथ्यगत तथ्याङक के हो ? अनुसन्धान गरेर लिएर आएर त्यसमा चाँही हेर्ने र अर्को समन्वय, सहकार्य गर्ने । यतिखेर प्रतिनिधि सभा नभएको हुनाले राष्ट्रिय सभा भएको हुनाले राष्ट्रिय सभाले सरकारलाई सहयोग पु¥याउने र संविधानलाई चाँही जति संविधानलाई कार्यन्वयन गर्ने कुराहरु छ, प्रदेश छ, स्थानिय तह छ, राष्ट्रिय सभा छ । केही नियमित कामहरु गर्ने र अर्को चाडपर्व नजिकै आएको हुनाले चाडपर्वको मुखमा जस्तो मंहगी, मूल्य जुन बढेको छ । समितिले आफ्नो कार्यक्षेत्रमा रहेर काम गर्ने भन्ने कुरा भएको छ ।’ 

संसद सचिवालयका उपसचिव अनन्तप्रसाद कोईरालाले राष्ट्रिय सभा अन्र्तगतका चार वटा विषयगत समितिहरु हाल सक्रिय अवस्थामा रहेको जानकारी दिनुभयो । विशेष परिस्थितिमार्फत चुनावी सरकारले बनेको अवस्थामा समितिले के कसरी सहयोग, सहजीकरण गर्र्ने भन्ने बारेमा छलफल भएको उहाँले बताउनु भयो । चार वटै समितिका सभापति, समिति सचिव र राष्ट्रियसभा सचिवसहितको अनौपचारिक बैठक बसेको उहाँको भनाई छ । –