१९ मंसिर २०८२, शुक्रबार
,
Latest
चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः वरिष्ठ उपाध्यक्ष पोखरेल



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनी षड्यन्त्रपूर्ण रहेको टिप्पणी गर्नुभएको छ ।

बिहीवार च्यासलस्थित क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकनपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

एमालेले विधान महाधिवेशनमार्फत जेन–जी पुस्ताका मागहरु सम्बोधन गर्नेगरी वक्तव्य सार्वजनिक गरेको भएपनि योजनावद्ध ढंगले राज्यका महत्वपूर्ण निकाय र राजनीतिक दलका कार्यालयहरूमाथि आगजनी गरिएको उहाँको भनाइ छ । उहाँले राज्य संरचना र पार्टी कार्यालयमा तोडफोड र आगजनी गर्नुमा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई अस्वीकार गर्ने तत्वहरू तथा व्यवस्था विरोधीको हात रहेको दाबी गर्नुभयो । उहाँले आन्दोलनको नाममा भएको विध्वंस र आगजनीको सबै मिलेर विरोध गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘जेन–जी पुस्ताका मागहरुलाई सम्बोधन गरिनुपर्छ भन्ने पार्टीको तर्फबाट जारी भएका वक्तव्यहरुमा हामीले उल्लेख गरेका थियौं । तर त्यसको भोलिपल्ट जुन बितण्डा मच्चाइयो त्यो एकदमै षड्यन्त्रपूर्ण छ भन्ने मलाई लाग्छ । र त्यही शिलशिलामा राज्यका महत्वपूर्ण संस्थाहरुमाथि आगजनी भयो । जननिर्वाचित प्रतिनिधि संस्थाहरुमाथि आगजनी भयो ।  विभिन्न राजनीतिक दलका पार्टी कार्यालयहरुमाथि पनि आगजनी भयो, ध्वस्त बनाइए । यही क्रममा हाम्रो पार्टी कार्यालय पनि जलाइएको छ । र यहाँ रहेका बहुमूल्य चिजहरु कुनैपनि बाँकी रहेका छैनन् । यो के देखिन्छ भन्दा बहुदलीय लोकतान्त्रिक प्रणालीलाई नसहने तत्वहरुको यसमा हात छ भन्ने अन्दाज गर्न सकिन्छ । होइन भने यस्तो विध्वंसको कुनै आवश्यकता देखिँदैन । यो निकै षड्यन्त्रपूर्ण छ, अपराधिक छ । यसको हामी सबै मिलेर विरोध र भत्र्सना गर्नुपर्छ । र हामी नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

अब पार्टीलाई नयाँ ढंगले उच्च मनोबलका साथ अगाडि बढाउनुपर्ने आवश्यकता रहेको समेत बताउनु भयो ।