२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल



अ+ अ-

काठमाडौँ । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले सरकार र निजी क्षेत्रको सहकार्यबाट जेन जी प्रदर्शनका क्रममा भएको क्षतिको पुनर्निर्माण गरिने बताउनुभएको छ ।

हिलटेक समूहले बिहीवार नेपाल प्रहरीलाई सहयोग हस्तान्तरण गर्न आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

आन्दोलनका क्रममा धेरै क्षति भएको उल्लेख गर्नुहुँदै उहाँले यसको छिट्टै पुनर्निर्माण सम्पन्न गरेर सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यसको लागि निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको उहाँले बताउनु भयो । उहाँले निजी क्षेत्रमा पनि क्षति पुगेको बताउनु भयो । पुनर्निर्माणमा सहयोग गर्न उहाँले निजी क्षेत्र र युवाहरुलाई आग्रह गर्नुभयो । धेरै ठाउँहरुमा निजी क्षेत्रले स्वतःस्फुर्त रुपमा सरकारी कार्यलय तथा प्रहरी चौकीहरु पुनर्निर्माणमा सहयोग गरिरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले जुन खालको सहयोग गर्ने उत्साह देखाएको छ, धेरै ठाउँहरुमा यो प्रहरी चौकीहरु र सरकारी कार्यलयहरु स्वस्फुर्त हिसावमा चाहीँ बनाउने अभियान पनि शुरु भएको छ । काठमाडौँकै धेरै ठाउँहरुमा निजी क्षेत्रबाट जिम्मा लिएर पनि कामहरु भइरहेको छ । म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । धेरै क्षति छ, तपाईहरुले देखिरहनुभएको छ । म के आग्रह गर्न चाहन्छु भने । यसैगरी यो पुनर्निर्माण हामीले छिट्टै गर्नुपर्नेछ । सार्वजानिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेछ । यसलाई सबै क्षेत्रबाट विशेषगरी निजी क्षेत्रमा पनि क्षति छ, तरपनि सरकार र निजी क्षेत्रको समन्वयमा यो पुनर्निर्माणलाई चाहीँ छिटो भन्दा छिटो सक्नुपर्ने भएको हुनाले यसैगरी सहयोगका हातहरु बढाईदिन र सरकारसंग सहकार्य गरेर अगाडी बढ्नको लागी म सबैसंग आग्रह गर्न चाहन्छु । र विशेषगरि युवा पुस्ताहरुले जुन कुरा उठाईराख्नुभएको छ, उहाँहरुलाई पनि यो अभियानमा सरिक हुनको लागी सरकारको तर्फवाट म हार्दिक आग्रह गर्न चाहन्छु ।’ 

उहाँले हिलटेक समूहले सरकारलाई १०० वटा पानी ट्याङ्की र ५०० वटा ट्राफिक कोन उपलब्ध गराएको पनि जानकारी दिनुभयो । हिलटेक समूहले सामाजिक उत्तरदायित्व अन्तर्गत एक हजार लिटर क्षमताका १ सय वटा पानी ट्याङ्की, ५ सय थान ट्राफिक कोन र अन्य सामग्री उपलब्ध गराएको समुहका अध्यक्ष कमल जैनले जानकारी दिनुभयो ।