१४ असार २०८३, आईतवार
,
Latest
कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक ‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान चट्याङ लागेर एक महिलाको मृत्यु कुवेत र बहराइनस्थित अमेरिकी सैन्य केन्द्रमा आक्रमण गरेको इरानको दाबी सङ्घीयता कार्यान्वयन: २५ करोड सम्मको पुँजीका उद्योग दर्ता र नवीकरण प्रदेशबाटै इराक र इरानका विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सुरक्षाबारे छलफल नुहाउन गएका दुई बालकको डुबेर मृत्यु अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘कल्की’को सिक्वेलबाट दीपिका आउट



अ+ अ-

एजेन्सी । फिल्म ‘कल्कि २८९८ एडी’ का निर्माता टोलीले आधिकारिक रूपमा घोषणा गरेको छ कि अभिनेत्री दीपिका पादुकोण अब यसको सिक्वेलको हिस्सा रहने छैनन् ।

‘एक्स’ मा पोस्ट गर्दै टोलीले भनेको छ, “गहिरो सोचविचारपछि हामी अलग हुने निर्णयमा पुगेका छौँ । पहिलो फिल्मको लामो यात्राका बावजुद पनि हामी सही साझेदारी बनाउन सकेनौँ । ‘कल्कि २८९८ एडी’ जस्तो फिल्मलाई पूर्ण समर्पण र त्यस भन्दा बढीको आवश्यकता पर्छ । हामी उनलाई उनका आगामी कामहरूको लागि शुभकामना दिन्छौँ ।”

यस फिल्ममा प्रभास र अमिताभ बच्चन देखिँदै छन् । फिल्मको निर्देशन नाग अश्विनले गर्दैछन् ।

फिल्म ‘कल्कि २८९८ एडी’ २०२४ जुन २७ मा रिलिज भएको थियो । पहिलो फिल्मको कथा महाभारतको कुरुक्षेत्र युद्धको अन्त्यबाट सुरु भएर सन् २८९८ एडीको भविष्यसम्म पुग्छ । ‘कल्कि २८९८ एडी’ बक्स अफिसमा सुपरहिट भएको थियो र विश्वभर १००० करोड रुपैयाँभन्दा बढी कमाइ गरेको थियो ।

फिल्म ‘स्पिरिट’ बाट बाहिरिएकी थिइन् दीपिका पादुकोण
यसअघि दीपिका पादुकोण संदीप रेड्डी वाङ्गाको फिल्म ‘स्पिरिट’ बाट बाहिरिएकी थिइन् । कथित रूपमा दीपिकाको तर्फबाट आठ घण्टाको सिफ्ट, ठूलो पारिश्रमिक, नाफामा हिस्सा र तेलुगु भाषामा डायलग नबोल्ने जस्ता मागहरू समावेश थिए ।

दीपिका २०२४ सेप्टेम्बरमा आमा बनेकी हुन्, त्यसैले उनले कथित रूपमा हप्तामा पाँच दिन मात्र आठ घण्टाको सिफ्ट चाहेकी थिइन् । अभिनेत्रीका यी सबै मागहरूसँग संदीप सन्तुष्ट थिएनन्, जसपछि उनलाई फिल्मबाट हटाइयो ।