रौतहट । गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई राहतका रुपमा कुहिएको दाल वितरण गरेको भन्दै प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवसहित १० जनालाई पक्राउ गरेको छ ।
प्रहरीले लक डाउनका कारण मर्कामा परेका गरिब, असहाय, बिपन्न वर्गका मानिसलाई राहतका रुपमा कुहिएको दाल वितरण गरेको आरोपमा मेयर यादवलाई मंगलबार बिहान पक्राउ गरेको हो ।
कुहिएको दाल यादवले कलैया नगरपालिका वडा नम्बर ७ मा रहेको ‘यादव कोल्ड स्टोर’मा भण्डारण गरेको पाइएपछि चैत २९ गते प्रशासनबाट शिलबन्दी गरिएको थियो । सो कोल्डस्टोर कलैया उपमहानगरपालिकाका मेयर यादवकै हो ।
प्रहरीले यसअघि नै ५ वडाध्यक्ष, ३ जना कर्मचारी र एक जना दाल आपूर्तिगर्ने ठेकेदारलाई पक्राउ गरिसकेको छ । मेयर यादवबिरुद्ध खाद ऐन अन्तर्गत मुद्धा दायर गरी कारबाही प्रक्रिया अगाडि बढाउने प्रहरीले तयारी गरेको छ ।
मेयर यादव पूर्वसांसद राधेचन्द्र यादवका छोरा समेत हुन् ।