१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । मंगलबार उदयपुरका एकजनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो ।

उदयपुरबाट संकलन गरिएको स्वाव नमुना परीक्षणलाई राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उदयपुरका ३३ वर्षिय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो । उदयपुरबाट सोमबार १ सय सहित ३ सय २० वटा नमुना पिसिआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगञ्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । ती नमुनाहरुको टेकु, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोशी अस्पतालमा परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगञ्जलाई लक्षित गरेर ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ । ४ जना कोरोना संक्रमति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिलेसम्म ३६ हजार ७ सय १९ वटा नमुना परीक्षण भएका छन् । पिसिआर र आरडिटी विधिबाट सो परीणाममा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार पिसिआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा मा ३ सय ३३ वटा परीक्षण भएका छन् । यसैगरी आरडिटी विधिबाट अहिलेसम्म २७ हजार ९ सय ५६ र २४ पछिल्लो घण्टामा २ हजार ८ सय ८ परीक्षण भएका छन् । अहिलेसम्म दुबै विधिबाट गरी जम्मा ३६ हजार ७ सय १९ वटा परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नम्बर १ मा आरडिटी विधिबाट २ हजार ६ सय २०, प्रदेश नम्बर २ मा ३ हजार ५ सय ९८ र बागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश नम्बर ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदुरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।

अहिले देशभरी नै क्वारेन्टाइनमा ७ हजार ६७ जना रहेका छन् । उपत्यकामा ६ जना र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा रहेका छन् ।