१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा तेस्रो नेगेटिभ सर्किट, कारोबार स्थगित



अ+ अ-

काठमाडौँ । जेन जी आन्दोलनपछि पहिलो पटक खुलेको शेयर बजारमा बिहीबार तेस्रो सर्किट ब्रेक लागेर बन्द भएको छ ।

बिहीवार खुलेको दुई मिनेटमै पहिलो पटक ४ प्रतिशत नेप्से परिसूचक घटेर नेगेटिभ सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार २० मिनेटका लागि कारोबार बन्द भयो ।

११ बजेर २२ मिनेटमा खुलेको कारोबार एक मिनेट नहुँदै दोस्रो सर्किट ब्रेक लागेको थियो । दोस्रो सर्किट ब्रेक लाग्दा बजारमा २८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको थियो । परिसूचक भने १३३।६१ अंकले घटेर २५३८।६३ को बिन्दुमा ब्रेक लागेको थियो ।

दोस्रो पटक सर्किट ब्रेक लागेपछि कारोबार ४० मिनेट बन्द भयो । १२ः४ मा तेस्रो पटक खुलेको कारोबार खुलेलगत्तै पुनः १ प्रतिशत ऋणात्मक वृद्धि हुँदा नेप्सेको समग्र गिरावट ६ प्रतिशत पुग्यो । योसँगै बिहीवारका लागि कारोबार बन्द भयो ।

यो अवधिसम्म लगानीकर्ताले ७२ करोडको मात्रै सेयर कारोबार गरेका छन् भने सबैभन्दा धेरै व्यापार समूहको सूचकमा गिरावट देखिएको छ । यो समूहको ९।३४ प्रतिशतले सूचक घट्दा अरु सबै समूहको सूचकमा गिरावट देखिएको छ ।

६ प्रतिशत घट्दा नेप्से परिसूचक १६० अंक घटेर २५११ मा कायम भएको छ । कुल करिव ४ मिनेट मात्रै कारोबार भयो ।

अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकार छँदा शेयर बजार सकारात्मक दिशामै अघि बढेको थियो ।

पूर्वप्रधानन्यायधिश सुशीला कार्की नेतृत्वको वर्तमान सरकारमा अर्थमन्त्री रामेश्वर खनाल हुनुहुन्छ, लगानीकर्ताको विश्वास जित्नेगरी काम गर्न नसके सेयर बजार निरन्तर ओरालो लाग्ने खतरा देखिएको छ ।

यसअघि पनि सरकार परिवर्तन हुँदा नेप्सेमा त्यसको असर देखिँदै आएको छ । नीतिगत परिवर्तन हुँदा पनि सेयरबजारमा उचारचढाव हुने गरेको छ ।