२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा एकैदिन थपिए ९ जना कोरोना संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जनामा ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४० पुगेको हो ।

मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो।

संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्।

हालसम्म ४ जना संक्रमित निको भएर घर फर्किएका छन्।