२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो, उदयपुरमै २३ जना संक्रमित



अ+ अ-

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । उदयपुरमा थप १ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या ४१ पुगेको हो ,

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका वासिन्दामा कोरोना संक्रमण जाँच गर्दा काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ जना र धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

यसअघि सोही ठाउँको एक मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएसँगै उदयपुरमा मात्र २३ जना कोरोना संक्रमित भेटिएका छन्।