३१ श्रावण २०८३, आईतवार
,
Latest
विश्व बैंकको सहयोगमा पोखरामा दुई सडक निर्माण, एक निर्माणाधीन राष्ट्रिय ब्याडमिन्टनमा क्षितिज र प्रिन्सबीच फेरि भेट मन्त्री लम्साललाई हेलिकप्टरमार्फत धनगढी लगियो नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क



अ+ अ-

उदयपुर। कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग  (ओपिडी) सेवा निःशुल्क दिने भएको छ । कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिनुभएको हो । “ओपिडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन्, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ”, सूचनामा उल्लेख छ ।

योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् । “यसमा २० प्रतिशत जति बीमित पनि पर्छन्”, प्रमुख साहले भन्नुभयो । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो ।

चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो । प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो ।

प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ । अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी रु २० लिँदै आएको थियो ।रासस