४ असार २०८३, बिहीबार
,
Latest
प्रहरी पोसाक खरिदमा परिवर्तन, अब टेन्डर हटाएर नगद दिने तयारी राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध…
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालगञ्जमा हुने ऐतिहासिक रामलिला स्थगन



अ+ अ-

नेपालगञ्ज। बाँकेमा १५७ वर्षदेखि मनाइँदै आएको ऐतिहासिक रामलिला यसवर्ष स्थगन भएको छ ।

घटस्थापनाबाट सुरु हुने रामलिला नभए पनि रावण बधको सामान्य कार्यक्रम हुनसक्ने रामलिला व्यवस्थापन समितिका अध्यक्ष सन्तोषकुमार कनौडियाले जानकारी दिनुभयो ।

उहाँले रामलिलामा स्थानीयको सहभागिता रहने र भीडभाड हुने भएकाले सुरक्षाको कारण देखाउँदै स्थगन गर्न बाध्य भएको बताउनुभयो । व्यवस्थापन समितिका अध्यक्ष कनौडियाले रामलिलामा रामायणमा आधारित श्रीरामको जन्मदेखि राज्यभिषेकसम्मको रामचरित्र प्रस्तुत गर्नुपर्ने हुँदा त्यसका लागि कलाकार भारतबाट आउने भएकाले सुरक्षा चुनौती रहेको बताउनुभयो ।

यसअघि पनि कोभिड–१९ का बेला रामलिला दुई वर्ष स्थगन गरिएको थियो । नेपालगञ्जको मौलिक इतिहास बोकेको रामलिलालाई यहाँका स्थानीय अवधि समुदायले संरक्षण गरिरहेका छन् ।

स्वर्गीय रामगोपाल टण्डन, भाइलाल हल्वाइलगायतले नेपालगञ्जमा रामलिला महोत्सवको सुरुआत गर्नुभएको बताइन्छ ।रासस