२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटनाग्रस्त



अ+ अ-

काठमाडौं । काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना भएको छ । दुर्घटनामा झण्डै १ दर्जन मजदुरहरु घाइते भएका छन् । बा २ ख ६८१८ नम्बरको बस बुधबार बिहान ४ बजे मन्थली नगरपालिका–६ मा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार घाइतेहरुमध्ये ३ को अवस्था मध्यम रहेको जनाएको छ । बसमा ३९ जना सवार रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्नेबारे अझै खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।