६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

सत्ताइतरका दलहरुको छलफल आज

सत्ताइतरका दलहरुको छलफल आज
अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारले ल्याएको ‘राजनीतिक दल र संवैधानिक परिषद्’ सम्बन्धी दुई अध्यादेश फिर्ताका लागि दबाब बढाउन सत्ताइतर दलसँग छलफल थाल्ने भएको छ ।बुढानिलकण्ठ सभापति शेरबहादुर देउवा निवासमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सामाजिक सञ्जालमार्फत ‘सरकारलाई कालो झन्डा देखाउने र दुवै अध्यादेश फिर्ता लिन दबाब बढाउने’ निर्णय गरेको हो । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद्मा भएका तर सत्तासँग नजोडिएका दलसँग बुधबार सरकारले ल्याएका अध्यादेश विषयमा छलफल हुने र फिर्ता लिन दबाब बढाइने जानकारी दिए ।

पदाधिकारी बैठकले सरकारले संविधानको भावना, मर्म तथा लोकतन्त्रको मूल्य र मान्यताविरुद्ध अध्यादेश ल्याइएको ठहरसमेत गरेको छ । सम्पूर्ण लोकतन्त्रप्रेमी नागरिकलाई सरकारको निर्णयको प्रतिवादमा उत्रन पनि बैठकले आग्रह गरेको छ । सरकारका गलत कामका लागि सडकमै उत्रिएर विरोध गर्नुपर्ने अवस्था नरहेको भन्दै कांग्रेसले कोरोना संक्रमणको त्रास र लकडाउनका कारण सरकारविरुद्ध सामाजिक सञ्जालबाटै कालो झन्डा देखाउनेलगायत गर्ने बताएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको गलत निर्णयविरुद्ध सामाजिक सञ्जालबाट दबाब बढाइने जानकारी दिँदै मंगलबारबाटै विरोध प्रक्रिया सुरु गरिसकेको जनाए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लकडाउनले कहाँ छेक्छ र ? हेर्नुस्, हजारौं कालो झन्डा सामाजिक सञ्जालमा !’ प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्विटर ह्यान्डलमा समेत शर्माले विरोधका शब्द कालो झन्डासहित ‘मेन्सन’ गरेका छन् । जनता कोरोना सन्त्रासमा रहेका बेला सत्ताको खेल बन्द गर्न कालो झन्डासहितको शब्दमा आग्रह गरिएको छ ।

सरकारले सोमबार राजनीतिक दलसम्बन्धी ऐन व्यवस्था संशोधन गर्दै पार्टी केन्द्रीय कार्यसमिति वा संसदीय दलमा ४० प्रतिशत पुगे ‘पार्टी विभाजन गर्न सकिने र विपक्षी दलको सहभागिता नभए पनि हुनेगरी संवैधानिक परिषद्को गणपूरक संख्या घटाउने’ व्यवस्थासहितको दुई अध्यादेश ल्याएको थियो । अध्यादेश सोमबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भइसकेको छ । राजधानी दैनिक