१३ असार २०८३, शनिबार
,
Latest
नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि
तपाईं के खोज्दै हुनुहुन्छ ?

ढिस्कोले पुरिएर तीन बालक घाइते



अ+ अ-

बाजुरा । जिल्लाको बडिमालिका नगरपालिका–३ रजालीको घोगाली गाउँका तीन बालक माटोको ढिस्कोमा पुरिएर घाइते भएका छन् । घाइते हुने सोही वडाका ईश्वरी खड्का र उनका १४ वर्षीय छोरा रवीन्द्र खड्का र ११ वर्षीय लोकेन्द्र खड्का रहेका छन् भने सोही गाउँका कर्ण खड्काका नौ वर्षीय छोरा देवेन्द्र खड्कासमेत घाइते भएका छन् ।

घाइते तीन बालकलाई अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेकामा लोकेन्द्रको अवस्था गम्भीर रहेको वडा अध्यक्ष वीरबहादुर रावलले जानकारी दिए । मङ्गलबार दिउँसो घर नजिकै रातोमाटो खन्ने क्रममा ढिस्को खसेको थियो ।

गम्भीर घाइते बालकलाई जिल्ला अस्पतालमा उपचार हुन नसकी बयालपाटा अस्पतालमा सिफारिस गरिएको छ । माटोमा पुरिएको भन्ने खबरपछि स्थानीयवासीले माटोबाट निकालेर जिल्ला अस्पताल बाजुरामा ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।