काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग फोनमार्फत उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यबारे जानकारी लिएका छन् ।
जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनालको घरमा आगजनी हुँदा रविलक्ष्मी गम्भीर घाइते भई उपचाररत छिन्, र उनको अवस्था अझै खतरामुक्त छैन ।
निधन भएको हल्ला असत्य ठहरेपछि घिसिङले खनाललाई सम्पर्क गरेका हुन् ।
रविलक्ष्मी घिसिङकी अस्कल क्याम्पसमा पूर्वशिक्षिका भएको कारण उनले व्यक्तिगत चासो देखाउँदै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।










