१४ भाद्र २०८३, आईतवार
,
Latest
एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ भोटेकोशी बाढी: २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथलाई फोन गर्दै रविलक्ष्मीको स्वास्थ्यबारे लिए कुलमानले चासो



अ+ अ-

काठमाडौँ । ऊर्जामन्त्री कुलमान घिसिङले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग फोनमार्फत उनकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

जेनजी आन्दोलनका क्रममा डल्लुस्थित खनालको घरमा आगजनी हुँदा रविलक्ष्मी गम्भीर घाइते भई उपचाररत छिन्, र उनको अवस्था अझै खतरामुक्त छैन ।

निधन भएको हल्ला असत्य ठहरेपछि घिसिङले खनाललाई सम्पर्क गरेका हुन् ।

रविलक्ष्मी घिसिङकी अस्कल क्याम्पसमा पूर्वशिक्षिका भएको कारण उनले व्यक्तिगत चासो देखाउँदै शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् ।